काठमाडौं । मानव सेवा आश्रम शाखा कार्यालय सुर्खेतले श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१ आयोजना गरेको छ ।
वीरेन्द्रनगर–११ मा भवन ‘मानवीय स्मारक’ निर्माण गरी सहयोगापेक्षी सडक आश्रित मानवहरुको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले शुक्रबारबाट सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु भएको हो ।
महायज्ञ–२०८१ को उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, सभामुख नन्दा गुरुङलगायतले गरेका हुन ।

