काठमाडौं । बर्दियाको ठाकुरबाबा नगरपालिकामा शनिवार विहान चितुवाको आक्रमणबाट ६ जना स्थानीय घाइते भएका हुन ।
घाईते हुनेमा ठाकुरबाबा नगरपालिका –४ का झुती थारु, बिरु थारु, गणेश मल्ल, उमेश थापा, हरि लम्साल र सुदीप थारु रहेका छन ।बबई नदी किनारको झाडी सफा गर्न जाँदा शनिवार बिहान झुती थारुलाई चितुवाले आक्रमण गरेको थियो । उनलाई बचाउन जाँदा अरू तीन जनालाई पनि चितुवाले आक्रमण गरेको छ ।त्यसपछि चितुवा नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जको टोली त्यहाँ पुगेको थियो ।
चितुवालाई नियन्त्रणमा लिन खोज्दा चितुवाले थप दुई जनालाई आक्रमण गरेको हो।चितुवाको आक्रमणबाट घाइते भएकाहरूको ठाकुरबाबा नगर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय