काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ नागढुङ्गास्थित चेक प्वाइन्टबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
धादिङ जिल्ला थाक्रे गाउपालिका –३ का ४२ वर्षिय मंगले तामाङ शनिबार बिहान पक्राउ परेका हुन ।उनको साथबाट प्रहरीले लागूऔषधको रुपमा प्रयोग गरिने गाँजा ४ किलो ३०० ग्राम फेला परेको हो । धादिङबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८५२३ नम्बरको यात्रुवाहक बसलाई लागुऔषध व्यूरो र नागढुङ्गा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा तामाङ गाँजा सहित पक्राउ परेका हुन ।
तामाङलाई थप अनुसन्धानको लागि प्रहरी वृत थानकोटमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय