काठमाडौं । मन्त्रिपरिषद्ले निर्माणधीन नागढुंगा सुरुङ मार्ग आयोजना अन्तर्रगत क्षतिपुर्ति तथा समस्या समाधानको लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।
२०८१ मंसिर २८ गते बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।सोमबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले सुरुङ मार्ग आयोजना अन्तर्रगत क्षतिपुर्ति तथा समस्या समाधानको लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको जानकारी दिए ।
यसैगरी, बैठकले सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट नेपाल सरकारलाई प्राप्त हुने ८५ मिलियन अमेरिका डलर करिब ११ अर्ब ५५ करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यससँगै बैठकले अन्य विभिन्न १४ वटा निर्णय गरेको छ ।



