काठमाडौं ।चन्द्रागिरि नगरपालिका वडा नम्बर १० सतुंगलमा एक युवती मृत फेला परेकी छन ।
धादिङ जिल्ला गजुरी गाउपालिका वडा नम्बर ४ घर भई हाल काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका वडा नम्बर १० सतुंगल खरिबोटको एक घरमा डेरा गरि बस्ने युवतीको शव फेला परेको हो ।सतुंगल खरिबोट स्थित बिरेन्द्र श्रेष्ठको अढाई तल्ले घरको भुइतल्लाको आफ्नै कोठामा लो बेडको मुनि १७ बर्षिय सरिता तामाङको शव फेला परेको प्रहरीले जानकारी दिएको हो ।सरिता तामाङ गत मंसिर २९ गते मध्य रातदेखि हराइरहेको भनि उनका दाई नबिन गुम्वा तामाङले पुष १ गते प्रहरीकोमा हुलिया सहित निबेदन दिएका थिए ।
उनको खोजतलास भईरहेको अबस्थामा पुष ३ गते बुधबार दिउसो शव बरामद भएको प्रहरीले बताएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय