काठमाडौं । राष्ट्रिय सभा गृह परिसरमा काठमाडौं महानगरपालिकाका प्रथम प्रमुख स्वर्गीय पीएल सिंहको पूर्ण कदको शालिक राखिने भएको छ ।
महानगरपालिकाको आइतबार (पुस १४) बसेको ३९ औं कार्यपालिका बैठकले सिंहको पूर्ण कदको शालिक राख्ने निर्णय गरेको हो । वैठकले स्व. सिंहले नगरपालिकालाई महानगर घोषणा गरेसँगै स्थानीय स्वायत्तता, स्वशासन र सुशासनमा पु-याउनु भएको योगदानको सम्मानमा शालिक निर्माण गर्ने निर्णय गरेको हो ।वि. सं. १९९६ साल चैत ११ गते जन्मिएका सिंहको २०८१ पुस १ गते निधन भएको थियो ।वि. सं. २०४९ साल जेठ ३० गते भएको स्थानीय निर्वाचनबाट ६६ हजार ८७४ मत ल्याएर उनी नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।
२०५२ साल मंसिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा गरेर उनले सहरलाई स्तरोन्नति गराएका थिए ।उनको कार्यकाल २०५३ चैत २४ गतेसम्म रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय