काठमाडौं । अमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको जर्जियास्थित आफ्नै घरमा निधन भएको हो ।कार्टरले १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति पद सम्हालेका थिए । राष्ट्रपतिको कार्यकालपछि उनले मानवअधिकार, शान्ति स्थापना र विकासका क्षेत्रमा उल्लेखनीय योगदान पु-याएका थिए । यी कार्यहरूको कदर स्वरूप उहाँलाई २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।राष्ट्रपति कार्टरले नेपालमा पाँच पटक भ्रमण गरेका छन् । जसले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको छ। उनी १९८५ मा पहिलो पटक नेपाल आएका थिए । जस क्रममा उनले ग्रामीण विकास र स्वास्थ्य सेवाका परियोजनाहरूको निरीक्षण गरे । त्यसपछि उनी २००७ मा दुईपटक नेपाल भ्रमणमा आए । पहिलो भ्रमणमा उनले नेपालका ग्रामीण समुदायसँग भेटघाट गरेका थिए । भने दोस्रो भ्रमणमा नेपालको शान्ति प्रक्रियामा सहयोग पु¥याउन उनको कार्टर सेन्टरको तर्फबाट महत्त्वपूर्ण भूमिका निर्वाह गरे । २००८ मा उनले नेपालको संविधानसभाको निर्वाचन पर्यवेक्षण गर्न नेपाल आए, जसले लोकतान्त्रिक प्रक्रियामा ऐतिहासिक योगदान पु¥यायो। त्यसपछि २०१३ मा उनको भ्रमणले स्वास्थ्य तथा ग्रामीण विकासका परियोजनाहरूमा कार्टर सेन्टरको भूमिकालाई सुदृढ गरेको थियो। अन्तिमपटक उनी २०१५ मा नेपाल आएका थिए । जसमा उनले भूकम्पपछिको पुनर्निर्माण र राहतकार्यमा पनि चासो दिएका थिए ।उनले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र नेपाली जनताको माया र आतिथ्यप्रति सधैँ प्रशंसा गरेका थिए ।
नेपालमा उनको कार्टर सेन्टरले चुनावी पर्यवेक्षण, स्वास्थ्य सेवा विस्तार, र शान्ति प्रक्रियामा अतुलनीय योगदान दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय