चन्द्रागिरि –१५ ले नेपालको झण्डाको महत्व नबुझ्दा….
काठमाडौं । राष्ट्रिय झण्डा विश्वसामु स्वतन्त्र छ भन्ने प्रतिक हो ।
यस्को महत्व र गरिमा उच्च छ । झण्डा कुनै एउटा टालो वा कपडाको टुक्रा नभई यो राष्ट्रको पहिचान हो ।तर पछिल्लो समय नेपालमा नारा, जुलुस र बन्द, हड्तालका साथै टोलटोलको सौदर्यकरणमा यसको प्रयोग बढिरहेको छ ।झण्डा राख्ने तर त्यसको संरक्षण गर्न नसक्दा र सरोकारवालाले ध्यान नदिन आजकल झण्डाको महत्व सतही हुदै गएको छ । चन्द्रागिरि नगर क्षेत्रमा पनि राष्ट्रिय झण्डाको गरिमामा राह्स आउने गरेर झण्डा प्रयोग भएको छ । प्रशंग हो चन्द्रागिरि नगरक्षेत्रको पुर्बपट्टीको सिमा क्षेत्रको । चन्द्रागिरि र कीर्तिपुर नगरपालिका जोडिने चन्द्रागिरि वडा नम्बर १५ तिनथाना स्थित भिराडिल पार्कको ।उक्त स्थानमा चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिका जोडने झोलुङ्गे पुलको । उक्त पुलको चन्द्रागिरि नगरपालिका क्षेत्रमा राष्ट्रिय झण्डा राखिएको छ ।संरक्षणको अभावमा निक्कै जिर्ण र उजाडिएको अबस्थामा रहेको सो झण्डा फेरनका लागि Chandragiri Metro ले चन्द्रागिरि –१५ का वडाध्यक्षको ध्यानाकर्षण गराएको महिना दिन भन्दा बढी भइसक्यो ।उनीबाट आश्वासन पनि आएको हो तर अहिले सम्मपनि ध्यान जान नसकेको र झण्डाको दुराबस्थाले त्याँहा पुग्ने जो कोहिले पनि चित्त्त्त दुखाउने गरेका छन ।
उनीहरुले भनिरहेकाछन कि त झण्डा नराख राख्नेनै हो भने मापदण्ड अनुसारको र संरक्षणको प्रत्याभुत गराएर राख । सम्बन्धित निकायको सिघ्र ध्यान जावस ।

