काठमाडौं । सर्लाहीको नयाँरोड सडकखण्डमा उखु बोकेको ट्रयाक्टर र मोटरसाइकल सोमबार राति आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
बरहथवा नगरपालिका–९ शान्ति चोकमा उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ज१त ९८७६ नम्बरको ट्रयाक्टर र नयाँरोडबाट बरहथवा जाँदै गरेको ज४प ३७७ नम्बरको मोटरसाइकल ठोक्किदाँ मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको हो ।
मृत्युहुनेमा मोटरसाइकल चालक बरहथवा–५, राजुचोकका हरिन्द्र महतो र सोही स्थानका पुरुषोत्तम दास रहेकाछन ।

