काठमाडौं । सगरमाथा नजिकै रहेको तिब्बतको दुर्गम क्षेत्रमा मंगलबार बिहानको ठूलो भूकम्पले दर्जनौं मानिसको ज्यान लिनुका साथै एक हजार भन्दा बढी भवनमा क्षति पु-याएपछि उद्धारकर्मीहरूले बाँचेकाहरूको खोजी गरिरहेका छन् । हिमालयको फेदमा गएको भूकम्पपछि कम्तीमा चीनमा ९५ जनाको मृत्यु भएको छ भने अन्य १३० जना घाइते भएका छन् ।चिसो तापक्रममा कारण खोजी र उद्धारको कार्यमा थप चुनौति थपिएको छ ।

नेपालमा सोहि भुकम्पका कारण १३ जना घााइते भएका छन । २० बटा भौतिक संरचनामा क्षति पुगेको छ । भुकम्पका कारण काठमाडौंमा १ जना,बारामा ११ जना र काभ्रेमा १ जना गरि १३ जना घाईते भएका हुन । उनीहरुलाई उद्धार गरि स्थानिय अस्पतालमा उपचार भइरहेको छ । ओखलढुङ्गामा ३ घरमा सामान्य र १ घर पूर्ण रुपमा क्षति भएको छ । त्यस्तै संखुवासभामा १ घरमा सामान्य क्षति भएको बिवरण प्राप्त भएको छ ।सोलुखु्म्बुमा १ घर पूर्ण ,१ घरमा आंशिक र ६ घरमा सामान्य क्षति भएको छ । ताप्लेजुङ्ग र रामेछापमा ११ घरमा सामान्य क्षति भएको छ भने सिन्धुपाल्चोकमा ३ र खोटाङमा २ घरमा सामान्य क्षति भएको बिवरण प्राप्त भएको छ ।चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर मंगलबार बिहान ६ बजेर ५० मिनेटमा सात रेक्टर स्केलको भूकम्प जाँदा यसको धक्का विशेष गरेर कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा महसुस गरिएको थियो ।

