काठमाडौं ।चन्द्रागिरि साधना केन्द्रमा सुरति योग हुने भएको छ ।
विभिन्न समाधिको विधिको माध्यम बाट दिव्य ध्वनि मा विलीन हुन सिकाउने सुरति योग केन्द्रले गर्न लागेको हो । तीन दिवसीय योग शिविर आँउदो पुष २६ गते बाट सुरु हुने छ ।आचार्य सुवासचन्द्र बडालको नेतृत्वमा हुने शिविरमा ओंमकारमा लिन हुने तरिका,समाधीमा प्रवेश गर्ने तरिका,चक्रमण सुमिरण गर्ने तरिकाका साथै नाद साधना बाट नाद सिद्धिमा बढने तरिका सिकाईने चन्द्रागिरि साधना केन्द्रका संयोजक पूर्ण मालीले जानकारी दिए । ध्यान योग गरिसकेका नयाँ तथा पुराना साधकहरुले सुरति योग गर्न सक्ने र पुष २८ गते सम्म संचालन हुने उक्त कार्यक्रममा सहभागि भई योग साधना गर्न आयोजकले आमन्त्रण गरेको छ । सुरति योग ओशो साधक समर्थगुरुदेव द्वारा रचित योग हो ।
चन्द्रागिरि साधना केन्द्र,चन्द्रागिरि नगरपालिका वडा नम्बर १० मा रहेको छ ।केन्द्रले बिभिन्न अवसर पारेर योग,ध्यान लगायतका कार्यक्रम गर्दै आएको छ ।

