काठमाडौं । चन्द्रागिरि नगरपालिका ४ थानकोटमा चक्कु प्रहारबाट एक महिला गम्भिर घाईते भएकी छन ।
दाङ घर भई थानकोट वस्ने पुन घर्ती थर भएकी २८ बर्षिय महिला गम्भीर घाईते भएकी हुन ।धारिलो हतियार प्रहारबाट उनको अनुहारमा चोट लागेको छ ।उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । घर्तीलाई रोल्पाका चन्द्रबहादुर खत्र्रीले धारिलो हतियार चक्कु प्रहार गरेका थिए । चक्कु प्रहार गरेर भागेका खत्र्रीलाई थानकोट प्रहरी बृत्तले नियन्त्रणमा लिएको छ । दुई दिन अघि मात्र साउदी अरबबाट नेपाल आएका खत्र्रीले घर्तीलाई भेटेपछि बिवाद बढ्दै गएको र आवेगमा चक्कु प्रहार गरेको प्रहरीको प्ररम्भिक अनुसन्धानमा खुलेको थानकोट प्रहरी बृत्त प्रमुख डिएसपी सुर्यप्रकाश सुवेदीले जानकारी दिए ।
उनले भने–लेनदेन बिवादका कारण चक्कु प्रहार भएको देखिन्छ थप अनुसन्धान भइरहेको छ ।

