काठमाडौं । नवलपुरको विनयी खोलाको पुल शुक्रबार साँझ ५ बजे भासिँएको हो ।
पुल भासिँदा पूर्व पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । अत्याधिक भार बहन गरेका सवारी साधनका कारण पुलको बिच भाग भाँसिएपछि यातायात अवरुद्ध भएको हो । पुल तत्काल मर्मत गरि संचालन गर्ने अवस्था नरहेकाले डाइभर्सन निर्माणको कार्य थालिएको छ । डाइभर्सन तयार नहुदा सम्म गैडाकोट कालीगण्डकी चोक बाट करिडोरको वाटो हुदै बुलिङटार– डेढगाउँ– रामपुर– राम्दीपुल हुदै तानसेन वाट बुटवल पुग्ने सडक प्रयोग गर्न सकिने स्थानियले सुझाव दिएका छन । पुल भासिएसंगै सामाजीक संजालमा आक्रोशहरु पोखिएका छन ।
सरोकारवाला निकायले राम्ररी अनुगमन नगर्दा पुल भासिएको निष्कर्षमा पुगेका सामाजीक संजाल प्रयोगकर्ताले राजमार्गको क्षमता कति, पुलको क्षमता कति हो, सवारीले कति टनसम्म बोकेर राजमार्गमा गुड्न पाउछन् ? यसको जाँच गर्ने निकाय कुन हो ? यसरी सडक र पुलको क्षमता भन्दा बढी भार बोकेर हिड्न कसले अनुमति दियो ? यो पुल बनाउन अब तपाई हाम्रो कर प्रयोग हुने हो कि यी जम्मेवारहरुलाई भराईन्छ ?भन्दै प्रश्न गरेका छन ।

