काठमाडौं । चन्द्रागिरि नगरपालिकाको अधिकृत सातौं तहको फर्मेसी अधिकृतमा नैकाप नयाँ भन्ज्याङ्गकी कन्चन बोगटी छनोट भएकी छन ।
नगरपालिकाले आवश्यक फर्मेसी अधिकृत (अधिकृत सातौं)एक जना सेवा करारका लागि गत भदौ ३१ गते सुचना जारी गरेको थियो । आज भएको लिखित परिक्षा,शैक्षिक योग्यता,अनुभव,स्थानिय अंक र अन्तरवार्ताको प्रप्ताङ्गको आधारमा कन्चन छनोट भएकी हुन । फर्मेसी अधिकृतका लागि लिखित परिक्षामा १५ जना सफल भएका थिए ।अन्तरवार्तामा कन्चनले सबैलाई पाखा लगाउदै छनोट भएकी हुन । किसिपिडिका सुजन महर्जनको भने बैकल्पिक उम्मेदवारमा नाम निस्किएको छ । त्यस्तै,आजै भएको अधिकृत सातौं तहको मेडिकल ल्याव टेक्नोलोजिष्टमा चन्द्रागिरि –१२ की अभिलाशा शर्मा छनोट भएकी छन ।उक्त पदका लागि लिखित परिक्षामा ६ जना सफल हुँदै अन्तरवार्ता दिएका थिए ।
चन्द्रागिरि –१४ की जमुना रिजालको नाम बैकल्पिक उम्मेदवारमा निस्कियको हो ।

