काठमाडौं । २७औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह विविध कार्यक्रमका साथ कीर्तिपुर नगरपालिकामा आयोजना गरिने भएको छ ।
‘भूकम्पले सिकाएको पाठः बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’भन्ने नाराका साथ दिवस मनाइने भएको हो । यो पटक दिवसको मूल समारोह कार्यक्रम कीर्तिपुरको बीपी कोइराला मेमोरियल विज्ञान संग्रहालय परिसरमा आयोजना गरिने शहरी विकास तथा भवन निर्माण विभागमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । १९९० माघ २ को महाभूकम्पको स्मृतिमा जोखिम न्यूनीकरण तथा पूर्व तयारीका विषयमा अनुभव आदान प्रदान गर्दै हरेक वर्ष माघ २ मा यो दिवस मनाइन्छ ।उक्त दिन बिहान ७ बजेबाट प्रभात फेरी सुरू हुनेछ । दिउँसो १ बजे हुने भूकम्प सुरक्षा प्रदर्शनीको उद्घाटन तथा अवलोकन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन ।
मुल समारोहको कार्यक्रमबाहेक विभिन्न निकायको सक्रियतामा प्रदेश, स्थानीय तहलगायतले विभिन्न सचेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाउँदै छन् ।

