काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ नैकापले चालु आर्थिक बर्ष २०८१ ८२ को श्रावण देखि अहिले सम्म ९१ लाख २७ हजार २ सय ४९ रुपैयाँ राजश्व संकलन गरेको छ ।
नैकाप स्थित वडा कार्यालयको प्रङ्गणमा सोमबार आयोजित वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा २०८१ उक्त जानकारी दिइएको हो । गत आर्थीक बर्ष २०८० ८१ को पुरा समयमा वडाले १ करोड ३० लाख राजश्व संकलन गरेको थियो । वडा स्तरीय क्रमागत सहित ७१ वटा योजना मध्ये ६ वटा सम्पन्न भएको,१९ वटा योजना सम्झौता भइ कार्यान्वयन गर्न बाँकी,४६ वटा योजना सम्झौता हुन बाँकी रहेको वडाले जानाएको छ । वडा कार्यालयले नागरिकता सिफारिस ३९,नागरिकता प्रतिलिपी सिफारिस ३३, घरबाटो सिफारिस ८१,चार किल्ला सिफारिस ७० वटा ,अंग्रेजी सिफरिस १ सय ३४ र अन्य सिफारिस ८ सय ९० गरि जम्मा १ हजार २ सय ४७ सिफारिस गरियको वडा कार्यालयले जानकारी दिएको छ ।
३२ जन्म दर्ता,१३ वटा मृत्यु दर्ता, २२ बिवाह दता,२ सम्बन्ध बिच्छेद र बसाई सराई आएको ५१ र बसाई सराई गएको ८ जना गरि ८९ वटा घटना दर्ता भएका छन ।

