काठमाडौं । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले, ट्राफिक प्रहरी र महानगर प्रहरीको सहकार्यका सोमबार सवारी साधनहरुको प्रदुषण जाँच गरेको हो ।
माइतीघर मण्डलबाट बबरमहलतर्फको सडक खण्डमा जाँचिएका सवारी साधनमा ठुला बस, मिनी बस, माइक्रो बस र सामान ओसार्ने ट्रिपर थिए । डिजेलका सवारी साधनमध्ये २० बटाको प्रदुषण जाँच गर्दा ६ वटा (संख्यात्मक हिसाबमा ३० प्रतिशत) मापदण्ड बाहिर भेटिएको हो । महानगरपालिकाले वायुमण्डलमा भएको प्रदुषणको मात्रा परीक्षणका लागि सहरका विभिन्न ठाउँमा मापन उपकरण जडान गरेर निगरानी गरिरहेको छ ।
वायु प्रदुषण कम गराउन प्रदुषक बस्तु, तत्व तथा रसायन नियन्त्रण प्रयास भइरहेको महानगरले जनाएको छ ।

