काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राष्ट्रिता कमजोर भएको बताएका छन ।
राप्रपा मकवानपुरले हेटौंडामा गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष लिङ्देनले देश अहिले भू–राजनीतिक चक्रब्युमा परेको बताए । देशमा विदेशी चलखेल बढेको बताउँदै अध्यक्ष लिङ्देनले यो अवस्थाको निर्माण तिनै दलहरुले गरेको दावी गरे । कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले काङ्ग्रेस–एमालेको गठबन्धनको सरकार भ्रष्टाचारको आरोपबाट मुक्त हुनको लागि निर्माण भएको प्रमाणित भएको बताए । देश अहिले निकै अप्ठेरो अवस्थामा रहेको बताउँदै अध्यक्ष लिङ्देनले देशमा अहिले चरम निराशा बढेको, युवाहरुले देश छाड्ने दर ह्वात्तै बढेको बताए । उनले भने देश गम्भीर मोडमा पुगेको छ । नयाँ भनिएका दलहरु पनि अरुलाई देखाएर आफूहरुले पनि भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगेको उनको भनाई छ ।
नयाँ भनिएका दलका नेता कार्यकर्ताहरु अरु दलका नेताले त्यति धेरै खाए हामिले चै यति खादा पनि थुनिनु पर्ने भन्ने विन्दुमा पुग्नु लज्जास्पद विषय भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय