काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशी (बन्जाडे) विरुद्ध जिल्ला अदालत रुपन्देहीमा पूरक अभियोजन मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले आइतबार उनीहरु लगायतका २२ जना विरुद्ध सङ्गठित रुपमा सहकारी ठगीको कसुर अन्तर्गत मुद्दा दर्ता गरेको हो । सुप्रिम ठगी प्रकरणमा लामिछाने विरुद्ध ४ करोड १५ लाख बढी र पूर्व डिआइजी जोशी विरुद्ध ४ करोड २७ लाख बढी बिगो माग दाबी सहितको अभियोग पत्र सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा बुझाएको हो ।मुद्दा दर्ता प्रकृया अगाडी बढेसँगै लामिछाने थुनछेक बहसका लागि आफ्नो तर्फका कानुन व्यवसायी सहित रुपन्देही जाने तयारीमा रहेका छन ।
सुप्रिम ठगी प्रकरणमा थप र पूरक गरी ४२ जना विरुद्ध मुद्दा चल्ने छ । ती ४२ जनाबाट १ अर्ब १२ करोडको रुपैयाँ माग दाबी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय