काठमाडौं । डोटी जिल्लामा विवाह भोज खाएर ८० जना बिरामी परेका छन् ।
जिल्लाको आदर्श गाउँपालिका–१ बाँझककानी टाँगमा विवाह भोज खाएका ८० जना बिरामी परेका हुन ।माघ ४ गत शुक्रवार स्थानीय नर बहादुर बिकको छोरीको विवाहको भोज खाएका हरुमा स्वास्थ्य समस्या देखा परेको हो । शुक्रवार साँझ भोज खाएकाहरूमा ज्वरो आउने, वान्ता हुने, रिङटा लाग्ने, पखाला लाग्ने, ढल्ने लगायतका समस्या देखा परेको छ । बिरामी ३० जनाको शनिवार र ५० जनाको आइतबार स्थानीय स्वास्थ्य चौकी बाँझमा उपचार गरिएको छ ।
उपचारका लागि गाउँपालिकाका एमबिबिएस डाक्टर सहित १३ जनाको टोली परिचालन गरिएको छ ।

