काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एकजना पक्राउ परेका छन ।
हुम्ला जिल्ला अदानचुली गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाडौ जिल्ला सुर्यदर्शन हाईट बस्ने ३२ बर्षिय महेन्द्र पाण्डे भन्ने महानन्द जैसीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । काठमाडौं टोखा नगरपालिका वडा नं. ३ बाट उनी पक्राउ परेका हुन ।उनलाई प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भई रहेको छ । गत माघ २ गते सूर्यदर्शन सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा त्रिपाठीमाथि कुटपिट भएको थियो । घटनामा संलग्न भएको आरोपमा केहिदिन अघि दोलखाका ललित कुमार के.सी.पक्राउ परेका थिए । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
बहस गरेर फर्कने क्रममा अधिवक्ता माथी भएको दुरव्यबहारको चौतर्फी आलोचना भएको थियो । गृहमन्त्री रमेश लेखकले घटनामा संलग्न जो कोही भएपनि कानुनी कारवाही गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय