काठमाडौं । चन्द्रागिरि नगर क्षेत्रमा जलबायु परिवर्तनका कारण भइरहेको अति बर्षाले पहिरोको जोखिम बढाएको बुझाई स्थानियको रहेको छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ मा बुधबार जलवायु परिवर्तन सम्बन्धि कार्यमा सदाचार र सुशासन सुझाव गुनासो संकलनमा स्थानियले जलवायु परिवर्तनका कारण पहिरोको जोखिम भएको बताएका हुन । चन्द्रागिरि १३ कंकाली क्षेत्रका केहि बस्ति स्थानान्तरण गर्न समेत उनीहरुले सुझाव दिएका छन । खेतिमा प्रयोग गरिने विषाधीको प्रयोगलाई निषेध गर्नुपर्ने समेत सुझाव आएको छ । साथै जलवायु परिवर्तनका कारण आगलागीका घटना बढेको उनीहरुले बताएका छन । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको आयोजनामा चन्द्रागिरि –१३ वडा कार्यालयको सहकार्यमा सुझाव तथा गुनासो संकलन गरिएको हो । कार्यक्रममा २ दर्जनको हाराहारी सहभागिहरुले बिभिन्न बिषयमा गुनासो गरेका छन । साथै सहभागिहरुले खेतिमा प्रयोगहुने विषाधी निषेध गरि प्राङ्गारिक मल प्रयोगमा जोड दिन आवश्यक अनुदानको व्यबस्था गर्न सुझाव दिएका छन । पहिरोको जोखिम युक्त बस्ति तत्काल स्थानान्तरण गर्न र संम्भावित आगलागीका घटनाबाट क्षति न्युनिकरण गर्न आबश्यक पूर्व तयारी गर्नूपर्ने सुझाव आएको छ ।

प्राप्त भएका सुझाव सहित राय वडा कार्यालयलाई जानकारी गराउने र आवश्यक कार्यान्वयनका लागि नागरिक र जनप्रतिनिधी बिच छलफल गराई आवश्यक योजना बनाउन सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । जलवायु परिवर्तनले असर गरेका क्षेत्रमा आएका कोष तथा बजेट पिडित सम्म पुर्याउने र सुशासन कायम गर्न कार्यक्रम गरिएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका कार्यक्रम संयोजक तुम्बुरु गौतमले बताए ।

गत वर्ष चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ र ४ मा गरिएको यस्तै कार्यक्रमले ति वडामा नमुना अर्गानिक खेतिको रुपमा वडालाई अगाडि बढाउने प्रतिबद्धता गरेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय