काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ नागढुंगा स्थित चेकपोष्टमा लागुऔषध सहित ३ जना पक्राउ परेका छन ।
लागुऔषध खैरो हिरोईन (ब्राउन सुगर) सहित बिहिबार दिउसो ३ जना पक्राउ परेका हुन । काकडभिट्टा बाट काठमाडौं आउँदै गरेको प्र.१–०१–००६ ख ४७९६ नम्बरको यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार भारतिय नागरिक ३७ वर्षिय गोबिन्द बालाले आफ्नो अण्डकोषमा प्लाष्टिकले बेरी लुकाई छिपाई गरि ल्याएको अबस्थामा प्रतिबन्धित लागूऔषध खैरो हिरोईन (ब्राउन सुगर) १ सय ५० ग्राम बदामद भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा लागुऔषध ल्याउन पठाउने चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ का २६ वर्षिय रमन महर्जन र धादिङ जिल्ला थाक्रे गाउपालिका वडा नम्बर ११ का ३८ वर्षिय बिनोद तामाङ रहेको पत्ता लागेपछि उनीहरुको खोजतलासका क्रममा दुबै जनालाई बा ५१ प ७५५८ सहित लागुऔषध लिनका लागि कुरीबसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
नागढुङ्गा प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गा सहितको संयुक्त टोलीले पक्राउ गरेको उनीहरुलाई थप अनुसन्धानको लागि प्रहरी वृत थानकोट पठाईएको प्रहरीले जानकारी दिएको छ ।

