काठमाडौं । धनुषामा एक महिलाको हत्या भएको छ ।

धनुषाको धनुषाधाम नगरपालिका वडानम्बर ५ पर्वताकी २९ वर्षीया संगीता ठाकुरको हत्या भएको हो ।ठाकुरलाई आफ्नै श्रीमान ३३ वर्षीय देवलाल ठाकुरले शनिबार राति २ बजे ढोकामा लगाउने आग्लोले हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घरायसी विवाद हुँदा हत्या भएको प्रहरीले जनाएको छ ।

यता,कैलालीको धनगढी उपमहानगरपालिका–१७ मा भाइले कैची प्रहार गर्दा दाइको मृत्यु भएको छ ।शनिबार राति साढे १२ बजेतिर ३५ वर्षीय दाइ लालबहादुर बोहरालाई उनका भाइ ३० वर्षीय प्रकाशले कैची प्रहार गर्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि मिसन अस्पताल धनगढीमा उपचारका लागि पठाइएको थियो । उपचारकै क्रममा उनको राति २ः५० बजे मृत्यु भएको हो ।घरायासी विवादमा सामान्य भनाभन हुँदा प्रकाशले कैची प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

त्यस्तै, अछाममा शुक्रवारदेखि बेपत्ता भएका दुई किशोरी मृत फेला परेका छन्।ढकारी गाउँपालिका वडा नम्बर ८ का दुई किशोरी सरस्वती खड्का र ईश्वरी खड्काको शव ढकारी गाउँपालिका वडा नम्बर १ मा रहेको छिन्ने जङ्गलमा फेला परेको हो ।बाख्रा हेर्न जङ्गल गएका दुई किशोरी घर नफर्किएपछि उनीहरूको खोजी सुरु भएको थियो । खोजीका क्रममा उनीहरूको शव फेला परेको हो ।अलग–अलग स्थानमा किशोरीको शव फेला परेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय