काठमाडौं । चन्द्रागिरि हिल्सले बिगतका दिनमा स्थानिय संग गरेका बाचा बिर्सियको स्थानियले आरोप लगाएका छन ।

सोमबार चन्द्रागिरि केवलकारको तल्लो स्टेशनमा आयोजित चन्द्रागिरि केवलकार विस्तार र व्याँकेट हल निर्माण तथा संचालनका लागि प्रारम्भिक वातावरणीय परिक्षण सार्वजनिक सुनुवाई कार्यक्रममा उपेक्षा गर्दै अघि नबढन चन्द्रागिरि हिल्स लाई स्थानीयले चेतावनी दिएका हुन ।

मापदण्ड बिपरित भौतिक संरचना बनाएको, सम्झौता भन्दा बढी बन क्षेत्र अतिक्रमण गरेको,स्थानिय तहलाई बुझाउनु पर्ने बिबिध कर नबुझाएको, हिल्समा विवाह, सभा,समारोह जस्ता कार्यक्रम आयोजना गर्दा आतासबाजी,चर्का ध्वनीमा संगीत बजाएर बनय जन्तुको अधिकार हनन गरेको ,पुराना प्रतिबद्धता बिर्सियको भन्दै स्थानियले आलोचना गरेका हुन ।

त्यस्तै सास्कृतिक र ऐतिहासिक सम्पदा माथी धावा बोल्ने किसिमका गतिबिधी हुदै आएको भन्दै स्थानियले सचेत गराएका छन ।केवलकार सम्म पुग्ने स्थानमा आवश्यक शौचालयको निर्माण नभएको,ढल व्यबस्थापनमा चुकेको लगायतका बिषय उठान गरेका थिए । बन क्षेत्रमा भौतिक संरचना बन्दै गर्दा आयोजनाले स्थानिय सामुदायीक बन उपभोक्ता समितिका पदाधीकारीहरु संग छलफल गरेको भन्ने भ्रम फैलाएको भन्दै समितिहरुले आपत्ती जनाएका थिए ।चन्द्रागिरि हिल्सको आयोजनामा भएको कार्यक्रमको सभाध्यक्ष चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी बनाइएको बिषय पनि स्थानियलाई चित्त बुझेन ।

कार्यक्रममा सार्वजनिक सुनुवाइ एकतर्फी भएको र जवाफ दिने नेतृत्वकर्ता हरु अनुपस्थित रहेको भन्दै कार्यक्रमको औचित्य माथी नै प्रश्न उठेको थियो ।हिल्सले रिर्सोटहरुको भौतिक संरचना निर्माण भएको क्षेत्र चन्द्रागिरि नगरपालिका वडा नम्बर –८ मा समेत पर्ने तर उक्त वडालाई उपेक्षा गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको बताए ।

सुरुवाती समयमा आयोजनाको निर्माण कार्य अघि बढदा बिभिन्न किसिमका आश्वासन दिदै मौखिक समझदारी गरेको तर अहिले आयोजना सुचारु भएपछि उक्त वाचाहरु बिर्सिएको र सम्पर्कमा समेत आउन नमानेको उनीहरुले दुखेसो पोखे ।उपस्थित हरुले चन्द्रागिरि हिल्स प्रा.लि. लाई समन्वय र सहकार्यबाट बिमुख भए परिणाम राम्रो नहुने भन्दै चेतावनी दिएका हुन ।

चन्द्रागिरि हिल्सले  (माथिल्लो स्टेशन देखि रिर्सोट सम्म) चन्द्रागिरि केवलकार विस्तार गर्न लागेको हो । ४ वटा टावर र ४ वटा डंगोल रहने गरि बिस्तार गरिन लागेको केवलकारको दुरी ३८८ मिटर लम्वाई रहने जनाइएको छ । केवलकारको दुईवटा स्टेशन १२ हजार बर्ग फिटका बन्ने प्र.लिले जानकारी दिएको हो । केवलकारको लागि ०.९२ हेक्टर र वेङ्केट हलका लागि ०.१४ हेक्टर गरी १.१ हेक्टर बन क्षेत्रमा संरचना निमार्ण गर्न लागेको हो । प्रा.लि.ले २ वटा हल स्हितको व्याँकेट हल निर्माण तथा संचालन गर्ने भएको हो । ४०० सय जना क्षमताको २४६० बर्ग मिटर २ वटा हल र २०४५ बर्ग मिटर एउटा भान्चा र अन्य शौचालय लगायतका संरचना बन्नेछ ।उक्त प्रयोजनका लागि प्रारम्भिक वातावरणीय परिक्षणको सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय