काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एनसेलको अनुमतिपत्र २०८१ भदौ १५ गतेदेखि २०८६ भदौ १४ गतेसम्म पाँच वर्षका लागि नवीकरण गरेको छ ।
शुक्रबार सञ्चार मन्त्रालयले पछिल्लो दुई सय दिनको उपलब्धि सार्वजनिक गर्दै विद्यमान कानुनमा अनुमतिपत्रको वहाल अवधि २५ वर्ष पूरा गरेका सेवा प्रदायकको अनुमतिपत्र नवीकरणको लागि दूरसञ्चार नियमावलीमा संशोधन गरी इन्टरनेट सेवा प्रदायक (आइएसपी) को अनुमतिपत्र नवीकरण गर्न सुरु गरिएको साथै इन्टरनेट सेवा प्रदायक र दूरसञ्चार सेवा प्रदायक कम्पनीको बक्यौता असुर गरिएको मन्त्रालयले जनाएको छ । साथै इन्टरनेट प्रदायक संस्था वल्र्ड लिङ्कबाट एक अर्ब ३८ करोड ९० लाख २२५ रुपियाँ रोयल्टी प्राप्त भएको,सुविसु केवलनेटबाट १७ करोड ४८ लाख ५१ हजार ६१५ रुपियाँ ४७ पैसा र भायनेट कम्युनिकेसन लिमिटेडबाट २६ करोड ६८ लाख ७६ हजार ५०९ रुपियाँ ३६ पैसा रोयल्टी प्राप्त भएको छ। २१०० मेगा हर्ज फ्रिक्वेन्सी प्रयोग बापत नेपाल टेलिकमबाट ३५ करोड २६ हजार २२९ रुपियाँ र एनसेलबाट ३६ करोड १५ लाख १६ हजार ६४६ रुपियाँ प्राप्त भएको मन्त्रालयले जनाएको छ । सरकारी निकायबाट प्रवाह हुने सेवालाई एकीकृत रुपमा नागरिक एपमार्फत उपलब्ध गराउन ती प्रणालीलाई नागरिक एपमा आबद्ध गरिएको जनाएको छ ।
मन्त्रालयले दोस्रो सय दिनमा लक्ष्य तोकिएका कार्य शतप्रतिशत सम्पन्न भएको तथा लक्ष्य नतोकिएका अत्यन्त महत्वपूर्ण कार्यहरु नियमित वार्षिक तालिका अनुसार सम्पन्न गरेको बताएको छ।
हेर्नुहोस मन्त्रालयले सार्वजनिक गरेको उपलब्धि
https://drive.google.com/file/d/1MF3q2ErJ0WDxKe8d3iwL362fYE4JDU77/view

