काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ किसिपिडीले चालु आर्थिक बर्ष २०८१/८२ को श्रावण देखि पुष मसान्त सम्म ७२ लाख १२ हजार ५ सय ८३ रुपैयाँ राजश्व संकलन गरेको छ ।

वडाले मालपोत शिर्षक वाट ३४ लाख १७ हजार ७ सय ५९ र अन्य आम्दानी नगदी तर्फबाट ३७ लाख ९२ हजार ८ सय २४ रुपैयाँ राजश्व संकलन गरेको हो । चालु आर्थिक बर्षको ६ महिनामा वडा कार्यालयले जम्मा ३ वटा योजना सम्पन्न गरेको छ । निराको घर अगाडिको बाटो सुधार योजना,वाणस्थली बुद्ध बाटो स्तरउन्नती र एकता बस्ती नजिक भुजुंग टोल नजिक बाटो सुधार योजना सहित ३ वटा योजना सम्पन्न भएको हो । वडाले चालु आर्थीक वर्षमा कुन ९७ वटा योजना बनाएकोमा १९ वटा योजना सम्झौता भएको र ३ वटा योजना सम्पन्न भएको वडा कार्यालयले चन्द्रागिरि मेट्रोलाई जानकारी दिएको हो । वडामा चालू आर्थिक वर्षको ६ महिनामा ९७ वटा व्यक्तीगत घटना दर्ता भएका छन । ३३ जन्म दर्ता,१२ मृत्यु दर्ता,२४ विवाह दर्ता, बसाईसराईका २६ र सम्बन्ध बिच्छेदका २ घटना गरि ९७ वटा घटना वडा कार्यालयमा दर्ता भएका हुन । वडा कार्यालय बाट पौष मसान्त सम्म बिभिन्न बिधाका ८ सय ३८ वटा सिफरिस गरिएको छ ।

नागरिकताका लागि २०, नागरिकता प्रतिलिपीका लागि २६, बिद्युत मिटर जडानका लागि १४, चार किल्ला सिफारिस ७८, घरबाटो सिफारिस ५४,नाता प्रमाणित ११,प्रमाणित सिफारिस २१, अंग्रेजी सिफारिस १०३ र अन्य सिफारिस ५ सय ११ वटा गरि ८ सय ३८ वटा सिफारिस भएको वडाले जानकारी दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय