काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि मंगलबारबाट देशव्यापी एचपीभी खोप अभियान सञ्चालन गर्दैछ ।

यसै अभियान अन्तर्रगत चन्द्रागिरि नगरपालिकाले ६ हजार ३ सय किशोरीलाई खोप लगाउने लक्ष्य राखेको छ । नगरपालिकाका १५ वटै वडामा संचालनहुने यस अभियानका लागि ७० वटा खोप केन्द्र रहनेछन । वडा नम्बर ४ मा रहेको चुनदेबी मा.बि.खोप केन्द्रमा मंगलबार चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीको उपस्थितीमा अभियानको औपचारीक सुभारम्भ गरिने कार्यक्रम तय भएको छ । नगरपालिका क्षेत्रमा रहेका किशोरीहरुलाई खोप अभियानमा सहभागि हुन नगरप्रमुख घनश्याम गिरिले भिडियो सन्देश मार्फत अनुरोध गरेका छन ।https://www.facebook.com/share/v/19gVQxnXFF/

नगर क्षेत्रमा यो अभियान माघ २२ गते देखि माघ २९ गते सम्म संचालन हुने चन्द्रागिरि नगर स्वास्थ्य शाखाले जानकारी दिएको छ । चन्द्रागिरि नगरपालिकाले अभियान अन्तर्रगत नगरपालिकाको वडा नम्बर १ मा दहचोक स्वास्थ्य केन्द्र अन्तरर्गत ४ वटा खोप केन्द्र ,वडा नम्बर २ मा बाडभञ्ज्याङ स्वास्थ्य चौकी अन्तरर्गत ५ वटा त्यस्तै वडा नम्बर ३ मा थानकोट स्वास्थ्य चौकी अन्तर्रगत ३ वटा र वडा नम्बर ४ मा प्राथमिक अस्पताल थानकोट अन्तर्रगत ५ वटा खोप केन्द्र रहेका छन ।

त्यस्तै वडा नम्बर ५ मा शहरी स्वास्थ्य केन्द्र ५ अन्तर्रगत ८ वटा खोप केन्द्र रहने छ भने वडा नम्बर ६ मा महादेवस्थान स्वास्थ्य चौकी अन्तरर्गत ४ वटा र वडा नम्बर ७ मा शहरी स्वास्थ्य केन्द्र ७ अन्तर्रगत ३ वटा,वडा नम्बर ८ मा मातातीर्थ स्वास्थ्य चौकी अन्तर्रगत ३ वटा र वडा नम्बर ९ मा मच्छेगाँउ स्वास्थ्य चौकी अन्तर्रगत ४ वटा खोप केन्द्र रहेका छन । वडा नम्बर १० र ११ मा क्रमशः शहरी स्वास्थ्य केन्द्र १० र ११ अन्तर्रगत क्रमश : ६ वटा र ४ वटा खोप केन्द्र रहेका छन ।

वडा नम्बर १२ र १३ मा क्रमश : बलम्वु स्वास्थ्य चौकी र पुरानो नैकाप स्वास्थ्य चौकी अन्तर्रगत ६/६ वटा खोप केन्द्र रहेका छन । वडा नम्बर १४ मा नयाँ नैकाप स्वास्थ्य चौकी अन्तर्रगत ४ वटा र वडा नम्बर १५ मा तिनथाना स्वास्थ्य चौकी अन्तर्रगत ५ वटा खोप केन्द्र रहेको छ ।

अभियानमा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका देशैभरका करिब १७ लाख किशोरीलाई खोप दिइने छ । अभियान सफल कार्यान्वयनका लागि १८ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थालाई खोप केन्द्रको रूपमा तोकिएको छ भने २७ हजार स्वास्थ्यकर्मी र ५४ हजार स्वयंसेवक परिचालन गरिनेछ ।एचपीभी खोपले पाठेघर मुखको क्यान्सर, गुद्वारको क्यान्सर, घाँटी र जनेन्द्रियहरूको क्यान्सरबाट पनि बचाउँछ । चिकित्सकका अनुसार एचपीभी विरुद्ध खोप यौन सम्पर्क अगाडि लगाउन सके जीवनभर ९० प्रतिशत सुरक्षित राख्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय