काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निरोगी नेपालका लागि व्यापक प्रयासहरू गरिरहेको बताएका छन ।
मङ्गलबारबाट देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोपको शुभारम्भ गर्दै उनले नेपाली नागरिकहरू बिरामी नै हुन नपरोस् भनेर सरकारले अभियान चलाइरहेको भन्दै निरोगी नेपालका लागि व्यापक प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने–“हामीले निरोगी नेपालको नारा लिएका छौँ । यसका दुई वटा पक्ष छन् । मानिस बिरामी नै हुन नपरोस्, स्वस्थ रहोस् । त्यसका लागि हामीले व्यापक प्रयासहरू, बहुआयामिकपक्षबाट व्यापक प्रयास ग¥छौं । मान्छे रोगी नहोस्, बिमारी नहोस् । निरोगी नेपालको कन्सेप्ट यसमा आधारित छ । यसको अर्थ, हामीले उत्पादन गर्ने अन्नबालीमा छ । खानेकुराहरू जो उत्पादन गर्छौं त्यसको स्वस्थतामा छ ।’
प्रधानमन्त्री ओलीले सन् २०३० सम्म पाठेघरको क्यान्सरविरुद्धको अभियानलाई पूर्ण रूपमा सफल बनाउने प्रतिबद्धता समेत जनाए ।

