काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ बौथली चोक स्थित मातातिर्थ स्वास्थ्य चौकीमा निःशुल्क दन्त परीक्षण तथा आँखा शिविर संचालन भएको हो ।
वडा नम्बर ८, वडा कार्यालयको समन्वयमा वडा क्षेत्रमा सक्रिय बिभिन्न सामाजिक संघ संस्थाको सहकार्यमा शिविर संचालन भएको हो । ओम समाज अस्पतालको सहकार्यमा निःशुल्क दन्त परीक्षण र कीर्तिपुर आँखा अस्पतालको सहकार्यमा आँखा शिविर संचालन भएको वडाध्यक्ष प्रल्लाद रिजालले जानकारी दिए ।
शनिबार बिहान १० बजे देखि संचालन भएको शिविरमा करिव ४ सय जनाले स्वास्थ्य सेवा लिने बताइएको छ । आँखा शिविरमा सेवा लिन आएका अधिकांसमा दृष्टि दोष देखिएको,मोतिया बिन्दु र चस्मा लगाउनु पर्ने बिरामी बढी देखिएको आँखा चिकित्सकले बताए ।
https://www.facebook.com/share/v/15jx9KMqUN/
मोवाईल कम हेर्ने र ६/६ महिनामा आँखाको जाँच गर्न र डक्टरले दिएको सल्लाह बमोजिम औषधी र चस्मा लगाउनु पर्ने उनीहरुले सुझाव दिए ।
त्यस्तै दन्त शिविरमा अधिकांशको गिजामा समस्या रहेको र बुद्धि बंगारामा किरा लागेको समस्या देखिएको चिकित्सकले बताए ।
शिविरमा चिकित्सकको सल्लाह अनुसार अनावश्यक दाँत निकाल्ने,बाङ्गो टिङ्गो दाँत लाई तार राखेर मिलाउने र नियमित ब्रस गर्ने लगायतको सुझाव दिइएको छ ।

