काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–४ मा विद्यार्थी बोकेको बस दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी बसका चालक दक्षिणकाली नगरपालिका–४ घर भएका ३५ वर्षीय रामकृष्ण थापा मगर र सोही ठाउँका ८ वर्षीय बालक विपिन श्रेष्ठको मृत्यु भएको छ ।थापामगरको नगर अस्पताल दक्षिणकालीमा र श्रेष्ठको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । जुनकिरी स्कुलको बा १ क ५६६४ नम्बरको बस आइतबार दिउसो साढे ३ बजे सडकबाट १ सय मिटर तल खस्दा ४१ जना घाइते भएका छन् । घाईते मध्ये वयोदा अस्पतामा ५, नगर अस्पताल दक्षिणकालीमा ३, कीर्तिपुर अस्पतालमा ५, शहीद अस्पतालमा ३, ट्रमा सेन्टरमा १२, मेडिसिटी अस्पतालमा ७, मनमोहन अस्पतालमा ५ र नर्भिक अस्पतालमा १ जना घाइतेहरूको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यता, सुर्खेतबाट भारतको उत्तर प्रदेशस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी प्रयागराजमा जारी कुम्भ मेलामा हिँडेको बस बबईमा दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् ।भेरी नगरपालिका–५ स्थित सानो खोलामा भे १ ख ४३३१ नम्बरको यात्रुबहाक बस आइतबार बेलुका दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका हुन् ।घाइते भएकाहरूलाई बाँकेको कोहलपुर अस्पताल पठाइएको छ बसमा ४१ जना तीर्थयात्री सवार रहेका थिए । बस अनियन्त्रित भई सडक पुल नजिकबाट ७/८ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

