काठमाडौं । नेकपा माओवादी केन्द्रले सात प्रदेश र ७७ जिल्लाका इन्चार्जको जिम्मेवारी तोकेको छ ।
पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई आर्थिक उत्पादन संयन्त्रको इन्चार्जको जिम्मेवारी दिइएको छ । त्यस्तै,संगठन विभागको प्रमुखमा जनार्दन शर्मालाई जिम्मेवारी दिइएको छ । बागमती प्रदेश इन्चार्जको जिम्मेवारी हितमान शाक्यलाई दिइएको छ भने सह इन्चाजको जिम्मेवारी अन्जना बिशंखे, सुर्य सुवेदी, हितबहादुर तामाङ र शालिकराम जम्मकट्टेल तोकिएको छ । त्यस्तै हिमाल शर्मालाई काठमाडौ जिल्ला इन्चार्जको जिम्मेवारी तोकिएको छ । साथै पार्टीका केन्द्रीय विभाग, वर्गीय संगठन, केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला लगायतको कार्यविभाजन गरिएको छ ।
गत २१ माघमा बसेको केन्द्रीय कार्यालय (पदाधिकारी) बैठकले गरेको निर्णय आज (आइतबार) परिपत्रमार्फत नेता कार्यकर्तालाई पठाइएको हो ।
अन्य जिम्मेवारी कस्लाई के मा ? यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय