काठमाडौं ।चन्द्रागिरि नगरपालिकाका ५ हजार ६ सय ९ जना किशोरीले एच.पी.भी.खोप लगाएका छन ।

गत माघ २२ गतेबाट देशव्यापी सुरु भएको एचपीभी खोप अभियानका क्रममा चन्द्रागिरिमा उक्त संख्यामा खोप लगाइएको हो । त्यसोत नगरपालिकाले नगरक्षेत्रमा रहेका ६ हजार ३ सय किशोरीलाई खोप लगाउने लक्ष्य राखेको थियो ।नगरपालिकाले लिएको लक्ष्य ९० दशमलव ४ प्रतिशत पुरा भएको छ । नगरमा रहेका उक्त उमेर समुहमा किशोरी मध्ये करिव ७ सय किशोरी खोप अभियानमा समाबेश भएनन । गत साउन भदौमा एच.पि.भि खोप लिएका करिव ९६ जना किशोरी बाहेक झण्डै ६ सय किशोरीहरु खोप अभियानमा समाबेश नभएका हुन । नगर क्षेत्रका बिद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरु खोप अभियानमा सहभागी भएपनि बिद्यालय बाहिरका १० बर्ष देखि १४ बर्ष सम्मका किशोरीहरु भने खोप अभियानमा समाबेश नभएको चन्द्रागिरि नगरपालिका,स्वास्थ्य शाखाले जानकारी दिएको छ । नगरपालिकाले १५ वटै वडामा संचालन भएको खोप अभियानका लागि ७० वटा खोप केन्द्र राखेको थियो ।

 

खोप अभियान फागुन ६ गते सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय