काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १० बोसिगाँउमा रहेको प्लाष्टिक उद्योगमा आगलागी भएको हो ।
शुक्रबार बिहान करिव सवाँ १ बजे सुरु भएको आगो करिव ५ बजे नियन्त्रणमा आएको थियो ।
आगो नियन्त्रणमा लिनका लागि चन्द्रागिरी नगरपालिकाको दमकल, बिशालबजार बारूण यन्त्र दमकल,बालाजुको बारुण यन्त्र दमकल,ललितपुर महानगरपालिकाको दमकल ,भक्तपुर नगरपालिकाको दमकल,बौद्द रामहिटिको दमकल,बुढानिलकण्ड नगरपालिकाको दमकल, साथै ९ वटा पानि ट्याङकर प्रयोग भएका थिए । प्रहरी, नगरप्रहरी ,स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।
बोसीगाँउ स्थित हिराकाजि महर्जनको जग्गा भाडामा लिई पुष्पा श्रेष्ठ र रमेस पोदारले संयुक्त रुपमा संचालन गरेको आर.एम.बि.प्लाष्टिक प्याकेजिङ हाउस (कवाड कारखानामा) आगलागी हुदाँ एक करोड भन्दा बढीको क्षति भएको बताइएको छ ,यद्धपी यकिन बिवरण भने प्राप्त भएको छैन ।
बिद्युत सर्ट भई आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ थप तथ्य अनुसन्धान पछि पत्ता लाग्छ प्रहरीले बताए ।

