काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ थानकोट स्थित चुनदेबी मन्दिर परिसरमा भगवान नारायणको मुर्ती राखिएको छ ।
बुढानिलकण्ठ नारायणको जस्तै श्यन मुद्रामा रहेको नारायणको मुर्ती राखिएको हो ।७ फिट लम्बाई र ५६ इन्च चौडाइको मुर्ती क्रेनको सहयताले राखिएको हो ।आज फागुन २५ गते बिशेष पुजा पाठ सहित मुर्ती प्रतिस्थापन गरिएको हो । भगवान नारायणको श्यन मुद्राको यस किसिमको मुर्ती चन्द्रागिरि नगर क्षेत्रमा नभएकाले मुर्ती स्थापना गर्न सहयोग गरिएको दाता शंकर मानन्धरले बताए । मुर्ती बनाउन ६ लाख ५० हजार लागेको उनले जानकारी दिए ।
चुनदेबी मन्दिर परिसरमा रहेको करिव ४० रोपनी जग्गामा बन्ने बिभिन्न संरचना र खुल्ला ठाउ सहितको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) समेत तयार भैसकेको छ ।उक्त स्थानमा बन्ने संरचनाका लागि करिव ९ करोड रुपैयाँ बजेट लाग्ने वडा नम्बर ४ का वडाध्यक्ष एवं चन्द्रागिरि नगरपालिकाका नगर प्रवक्ता कृष्ण प्रसाद खड्गीले जानकारी दिए ।
सोहि (डिपिआर) बमोजिम मुर्ती राखिएको हो ।मुर्ती राखिएको वरिपरि मौलिक प्रविधी सहितको पानी रिचार्ज हुने पोखरी बनाइने खड्गीले बताए ।

