काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले आइतबार भएको राजावादीको प्रदर्शनमा भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रधानमन्त्रीको निर्देशनमा राखिएको आरोप लगाएका छन् ।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले भनेका छन –
‘हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी ओलीज्यूको निर्देशनमा प्रधानमन्त्रीज्यूका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाइएको छ,’ उनले लेखेका छन्, ‘नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन छि छि । विदेशीको एजेन्डामा र सिद्धान्तनमा पार्टी चलाउनेहरूले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ ! माक्स, लेलिन, माओ कुन देशका हुन् ?’
ज्ञानेन्द्र शाहीको आरोपमा एमाले नेता विष्णु रिमालले सामाजिक संजाल मार्फतनै जवाफ फर्काएका छन उनी लेख्छन –
कॉक्रा चोरहरू–
कॉक्रा चोर्छन्, खान्छन्,
पोल खुल्ने डरमा
हत्तपत्त अर्काको गालामा बियॉ टॉसी
कुलेलम ठोक्छन!
दलालहरू—
पहिले दलाली गर्छन्
दलालीको पोल खुलेपछि
खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन!
डिसईन्फरमेसनको सहारामा Accidently मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाईने भ्रम यस्तै हो। यी मानिस कति द्विविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५/५ चोटी एडिट गरेको हिस्ट्रीले आफैं बताउँछ । मलाई यस्ता नालायकहरूसँग सवाल–जवाफ गर्नु छैन। कसले कहॉ के गर्दैछ– समाचार त आएकै छ नि!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय