काठमाडौं। देशका बिभिन्न स्थानमा भएको सवारी साधन दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ ।
भोजपुरको आमचोक गाउँपालिका–६ थापाचोकस्थित सडकमा पुर्णे बजारबाट बासिखोरातर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त १३४३ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरले किच्दा ट्याक्टरमा सवार रामप्रसाद राई गाउँपालिका–७ बस्ने २१ वर्षीय नारायण राईको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै,म्याग्दीको रघुगंगा गाउँपालिका–४ बुकुलास्थित सडकमा डिपि २ ए ७०८३ नम्बरको सिमेन्ट घोल्ने गाडि सडकबाट करिब २ सय मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा चालक बेनी नगरपालिका–२ खबरा बस्ने ४२ वर्षीय हेम बहादुर घिमिरेको घटनास्थलमै मृत्यु भएको छ ।
यता, उदयपुरको त्रियुगा नगरपालिका–८ सरस्वती पुलस्थित सडकमा रोकी राखेको प्रदेश २–०१–००१ त २३०१ नम्बरको ट्याक्टरमा बा.६४ प ५१७ नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–७ भान्टावारी बस्ने ३४ वर्षीय भुवन राईको मृत्यु भएको छ ।
साथै सर्लाहीको मलंगवा नगरपालिका–४ स्थित सडकमा गम्हरियाबाट मलंगवातर्फ आउँदै गरेको हाल नम्बर नखुलेको एम्बुलेन्सको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–३ बस्ने ५५ वर्षीय जयप्रकास जयसवालको मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

