काठमाडौं । यस बर्षको एसईई परिक्षा चैत्र ७ गतेबाट सुरु हुदैछ ।
यस बर्ष पाँच लाख १४ हजार ७१ बिद्यार्थीे एसइइ परिक्षामा सहभागी हुदैछन । यसै सन्दर्भमा चन्द्रागिरि नगरपालिकामा रहेका सामुदायिक,संस्थागत बिद्यालयका बिद्यार्थीको परिक्षाका लागि ५ वटा परिक्षा केन्द्र तोकियको छ । विद्या मन्दिर माध्यामिक बिद्यालय नैकाप, विष्णुदेवी शिक्षा सदन माध्यामिक विद्यालय सतुङ्गल, रेडोडेन्ड्रन इ.स्कुल चन्द्रागिरि–५, प्रभात मा वि चेकपोष्ट र मंगलोदय मा वि थानकोटलाई शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंले एसईई परिक्षा केन्द्र तोकेको हो ।
विद्या मन्दिर माध्यामिक बिद्यालय नैकाप परिक्षा केन्द्रबाट
विष्णुदेवी मा वि तिनथानाका ४२, मंगल मा वि नया नैकापका २५, मदरल्याण्ड स्कुल नयाँ नैकापका १९,क्याम्ब्रिज इन्टरनेशनल स्कूल पुरानो नैकापका २०,ज्ञानमुधा एकेडेमी तिनथानाका १५,न्यू डाइमण्ड एकेडेमी पुरानो नैकापका १७ ,गोल्डेन फरावर गार्डन स्कूल नयाँ नैकापका १६,बेसिक लर्निङ्ग मा वि बोसिगाँउका ४७,ओरेकल रे एकेडेमी चन्द्रागिरी पुरानो नैकापका ३८,रिया को एजुकेशनल होम दहचोकका ४३, प्रणिधि इङ्लिस स्कुल, बलम्बुका ९,एप्रोच ई स्कूल चन्द्रागिरी १५ कलंकीका १० र भैरवनाथ मावि चन्द्रागिरी–१०, बोसीगाँऊका ६ गरि जम्मा ३०७ बिद्यार्थीले परिक्षा दिनेछन ।
विष्णुदेवी शिक्षा सदन माध्यामिक विद्यालय सतुङ्गल परिक्षा केन्द्रबाट
नारायण जन मा वि मच्छेगाँउका २४,ब्राइट फ्यूचर मा वि तिनथाना नैकापका १३६,एम्ब्रोसिया मा वि सतुंगलका ५०,जेसीस इन्टरनेशनल बो.मा.वि.सतुङ्गलका ४८,सनसाइन स्कुल महादेवस्थान चेकपोष्टका ४६,सुन्दरवन स्कुल, ढुङ्गेअड्डाका १७ ,ब्राइट होराइजन चिल्ड्रेन होम स्कुलका १९,इभर भिजन स्कुल मातातिर्थका २९ ,प्याराडाइज रिडर्स एकेडेमी तिनधानाका ३१ माउण्ट भ्याली स्कुल चन्द्रागिरी ६ मातातीर्थका ३,पथिक ज्ञान निकेतन चन्द्रागिरीका ८,मेगा पब्लिक एकेडेमी मच्छेगाउका ९ गरि जम्मा ४२० बिद्यार्थीले परिक्षा दिनेछन ।
रेडोडेन्ड्रन इ.स्कुल चन्द्रागिरि–५ परिक्षा केन्द्रबाट
मंगोलदय मा.बि.थानकोटका ११९,माउण्ट सगरमाथा ब्रिलियन्ट एकेडमी गुर्जुधाराका ३७,थानकोट इ.स्कुलका ३४,मोडल स्कुल थानकोटका ५३,न्यु भिजन एकेडेमी सतुंङ्गलका २२,माउण्ट चन्द्रागिरि स्कुल खरिबोटका ५५ र सप्तश्री ज्ञानपिठ,बलम्वुका ६ गरि जम्मा ३२६ बिद्यार्थीले परिक्षा दिनेछन ।
प्रभात मा वि चेकपोष्ट परिक्षा केन्द्रबाट
विष्णुदेवी शिक्षा सदन मा वि सातुंगालका ७०,रेडोडेन्ड्रन इन्टरनेशनल स्कुल चन्द्रागिरी महादेवस्थानका ६७, श्रीकृष्ण मा वि दहचोकका ४१ ,चुनदेवी मा वि थानकोटका ३६,चण्डिकादेबी मा.दि बाँडभञ्ज्याङका २७,जनकल्याण मा वि महादेवस्थान किसिपिडिका २८,डग्युर मेमोरियल स्कुलका २०,ब्राइट एन्जल्स स्कुल थानकोटका ३४,नौवेल भिलेज इ.बो.स्कूल चेकपोष्टका २०,मातृ अरविन्द मा वि चन्द्रागिरीका ८,सुप्रिम मोडल इङ्गलिस बोडिड स्कुल चन्द्रागिरीका २६ बिद्यार्थी गरि कुल ३७७ बिद्यार्थीले परिक्षा दिनेछन ।
मंगलोदय मा वि थानकोट परिक्षा केन्द्रबाट
प्रभात मा वि चेकपोष्टका ६६,सम्बृध्दि लर्निङ एकेडेमी गुर्जुधाराका १७,जन विकास मा वि मातातिर्थका ४५,वेस्ट प्वाइन्ट मा वि थानकोटका १०१,बालतारा प्रतिष्ठान बलम्बु सतुंगलका ३४,प्राइम इ.मा.वि. तिनथानाका १६,चण्डी भैरव मा.वि.का २५,श्री भीम मा वि भीमढुंगाका ३७ र विद्याश्री एकेडेमी, चुनदेवी चोक, बलम्बुका १२ बिद्यार्थी गरि कुल ३५३ बिद्यार्थीले परिक्षा दिनेछन ।
चन्द्रागिरि नगरपालिकाका ३ वटा बिद्यालयको भने नगरक्षेत्र भन्दा बाहिर परिक्षा केन्द्र तोकिएको छ । विद्या मन्दिर माध्यामिक बिद्यालय नैकापका ४९ जना र कंकाली मा.बि का ७५ जना बिद्यार्थीको परिक्षा केन्द्र जनपथ मा.बि कलंकीमा परेको छ भने बलम्वु मा.बि का ९० जना बिद्यार्थीको परिक्षा केन्द्र एल आर आई स्कुलमा परेको छ । चन्द्रागिरि नगर क्षेत्रबाट सामुदायिक र संस्थागत गरि कुल २ हजार २ सय ७९ जना बिद्यार्थी यस बर्षको एसईई परिक्षामा सामेल हुदैछन ।

