काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १ स्थित एक बनमा लागेको आगो फैलदै गएको छ ।
शुक्रबार बिहान देखि लागेको लागो फैलन थालेको हो । केउरानी सामुदायिक बनमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको भएतापनि भौगौलिक कठिनाइका कारण नियन्त्रणमा आउन नसकेको जनप्रतिनिधीले जानकारी गराएका छन ।
आगो नियन्त्रणका लागि नगरप्रहरीलाइ जानकारी गराइएको र दमकल परिचालन गर्न लागिएको बुझिएको छ ।

