काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटबाट बन्यजन्तुका अंग सहित एक ब्यक्ति पक्राउ परेका छन ।

चन्द्रागिरि –४ पानीघाट स्थित चित्लाङ–थानकोट सडकखण्डमा शनिबार साँझ प्रहरीको चेकजाँचका क्रममा ८ थान सालकको खपेटा,एक थान नंग्रा,पहिचान हुन नसकेको एक थान हड्डी,३ थान दुम्सीको काँडा सहित सुवास तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । दोलखा शैलुङ गाउपालिका वडा नंम्बर ६ घर भएका ३२ बर्षिय तामाङ मकवानपुर जिल्ला चित्लाङ बाट काठमाडौं थानकोट तर्फ आउदै गरेका थिए । थानकोट प्रहरी बृतको टोलीले तामाङलाई शंका लागी चेकजाँच गर्दा कालो रङको कम्मरमा बाध्ने झोला भित्र उक्त बस्तुहरु बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

उनको साथबाट नगद ५२ हजार समेत बरामद भएको प्रहरीले जानकारी दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय