काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहप्रति असन्तुष्टि पोखेका छन् ।
पिता गणेशमान सिंह, पीएल सिंह र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउन उनको सुझाव छ ।सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले काठमाडौंका अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बाल मन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुराहरु सधैँ कुरामै सीमित रहेको उल्लेख गरेका हुन ।बालेनले लेखेका छन् –‘मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र र देश चाहिँ नहराउनुहोला, यत्रो गणेशमान सिंह, पीएल सिंह र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला’।

