काठमाडौं । आज मार्च २४ तारिक संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ ।

क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ । दिवसको यस वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ । नेपालमा गत वर्ष पत्ता लागेका ४० हजार सात सय ७६ जना बिरामी उपचाररत छन । नेपालमा वार्षिक ६८ हजार क्षयरोगका बिरामी हुने गरेको तथ्यांक रहेको छ । उपचारको दायरामा नआउने र लुकेर बस्ने बिरामीहरुको खोजि गर्न राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।क्षयरोगी बिरामीहरुमा पुरुषको संख्या ६१ प्रतिशत तथा महिलाको संख्या ३९ प्रतिशत रहेको छ । १४ वर्षमुनिका बालबालिकाहरुमा समेत क्षयरोगको संत्रलमण बढ्दै गएको छ । क्षयरोग बिरामीहरुमा १४ वर्षमुनिका बालबालिकाहरु ८.६ प्रतिशत रहेका छन् ।

क्षयरोगका ४० प्रतिशत बिरामीहरु समाजमा लुकेर बसेको हुनसक्ने अनुमान गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले क्षयरोगका विरामी लुकेर बस्दा नियन्त्रणमा चुनौती देखिएको जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय