काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारले निर्णय गरेको छ ।

सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो । घिसिङलाई पदबाट हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त गर्ने सरकारले निर्णय गरेको हो ।सरकारले घिसिङलाई यसअघि पटक–पटक स्पष्टीकरण सोध्दै आएको थियो ।

सरकारले सोधेको स्पष्टीकरण वेवास्ता गर्दै आएपछि उनलाई पदबाटै हटाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय