काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति भइरहेको विरोधलाई तीललाई पहाड बनाउन खोजिएको भन्दै टिप्पणी गरेका छन ।
एक कार्यक्रममा ओलीले भने, ‘ससाना कुराहरुलाई तीलको पहाड बनाएर, त्यसैलाई समातेर खुब हल्लाखल्ला गर्ने चलन छ । अहिले पनि एउटा सानो त्यान्द्रो पाएजस्तो लाग्यो केही मान्छेलाई । खुब उफ्रिराख्या छन् । के–के न पायौं भनेर, इस्यू भेटियो भनेर कुदिराख्या छन् । हिजैदेखि सुरु छ वक्तव्यबाजी । यही मौका हो, यही त्यान्द्रो, यही डोरीलाई नाग बनाउनुपर्छ भनेर कुध्यकाछन् । केही अर्थ छैन ।
हामीले देश र जनताको हितका लागि काम गर्नुपर्छ ।’

