काठमाडौं । काठमाडौं जिल्ला क्षेत्र नम्बर १० का सांसद राजेन्द्र कुमार केसीले चैत्र १५ को घटनालाई आत्त्तायी घटना भएको बताएका छन ।
सोमबार संघिय संसदको शुन्य समयमा बोल्दै सांसद केसीले आन्दोलनका नाममा भएको आतातायी घटनामा आफ्नो निर्वाचन क्षेत्रका २ जनाले ज्यान गुमायको घटनाले आफु स्तब्ध र दुखी भएको बताए । आन्दोलनका क्रममा कीर्तिपुर निकासी सविन महर्जन र चन्द्रागिरि–४ निवासी पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । उनीहरु कुनै बादी नभएको भन्दै उनीहरुलाई शहिद घोषणा गर्नुपर्ने सांसद केसीले माग गरे ।
https://www.facebook.com/share/v/1Cv9grsz2F/
साथै मृतकहरुका आश्रीत परिवारलाई जिवनयापनका लागी उचित राहतको व्यबस्था गर्न सरकारसंग माग गरे ।

