काठमाडौं ।चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ सतुंगलमा ठुलो मात्रामा लागुऔषध बरामद भएको छ ।
बुधबार दिउसो बारा सिम्रौनगद देखि काठमाडौ आउँदै गरेको प्र.०२–०३–००१ ख ०१५९ नम्बरको यात्रुवाहक बसमा ुवार ३ जनाबाट ठुलो मात्रामा लागुऔषध बरामद भएको हो । बलम्बु प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार काठमाडौं जिल्ला, काठमाडौ महानगरपालिका –८ बस्ने ३१ बर्षिय आशिष सिंह, मोरङ जिल्ला मिक्लाजुङ गाउपालिका –८ बस्ने ४५ बर्षिय अमर बहादुर दर्जी र महोत्तरी जिल्ला मनरा सिसवा गाउपालिका –२ बस्ने ३० बर्षिय सन्दिप सिंह लागुखौषध सहित पक्राउ परेका हुन । उनीहरुको साथ बाट प्रतिबन्धित लागु औसध promethrazine Hydrochloride – ११९ एम्पुल, डाईजापाम – १२३ एम्पुल, Bruprenorphine – १३० एम्पुल र सुई २ थान गरि जम्मा ३७२ एम्पुल लागुऔषध फेला परेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि महानगरिय प्रहरी प्रभाग बलम्वुमा राखियको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय