काठमाडौं । चन्द्रागिरि नगरपालिकाको प्रशासकीय भवनको अन्डरग्राउण्ड पार्किङमा पानी जमेको हो ।
गएराती परेको सामान्य बर्षामा पनि राम्रो निकास हुन नसक्दाँ अन्डरग्राउण्ड पार्किङमा पानी जमेको हो । पानी निकासका लागि नगरप्रहरीहरुले निक्कै मेहनत गरिरहेका छन । पार्किङ स्थलमा पानी जमेपछि कार्यालय भवन परिसरमानै पार्किङ गरिएको छ । नगरपालिकाको अन्डरग्राउण्डमा सामान्य बर्षा हुदाँ पनि पानी जम्ने गरेको यो पहिलो पटक भने पक्कै होइन । यो समस्या बर्षा हुनासाथ आउने गरेको भए पनि स्थाई समाधानको लागि भने पहल गरेको पाईएको छैन ।२०७६ मङ्सिर ११ गते शिलान्यास भएको भवन २०७८ माघ ४ गते हस्तान्तरण भई सेवा दिदै आएको छ । २५ करोड रुपैयाँ लागतमा बनेको भवन निर्माणका लागि रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का पाएको थियो ।
भवनको पार्कीङ क्षेत्रमा ढलको राम्रो व्यबस्था नभएका कारण प्राय सामान्य पानी पर्दा पर्कीङ स्थलमा पानी पस्ने गरेको छ ।

