काठमाडौं । चन्द्रागिरि नगरपालिकाको न्यायिक समितिले किशोर किशोरीका लागि तामिलको आयोजना गरेको हो ।
न्यायिक समितिले नगरपालिकाका १५ वटै वडाका किशोर/किशोरीका लागि तालिम दिएको हो । बिहिबार बाट सुरु भएको तालिममा नगरको १ देखि ७ नम्बर वडाका किशोर /किशोरी सहभागि छन । प्रत्यक वडाबाट १०/१० जनाको प्रतिनिधीत्व रहेको तालिममा शुक्रबार वडा नम्बर ८ देखि वडा नम्बर १५ का किशोर किशोरीको तालिममा सहभागिता रहने न्यायिक शाखा प्रमुख चिरञ्जीवी खडकाले जानकारी दिए ।
चन्द्रागिरि नगरपालिका क्षेत्र भित्र रहेको प्रहरी वृत्त थानकोटको तथ्यांक अनुसार गत आर्थीक बर्ष २०८०/८१ मा ९९ वटा लागुऔषध मुद्धा दर्ता भएका थिए । ४ महिला सहित २१३ जना पक्राउ परेको र १० जना फरार रहेको प्रहरी तथ्यांकमा देखिएको छ ।उक्त अवधीमा २५ किलो गाँजा,४ सय ५१ ग्राम हिरोइन,करिव ८ हजार थान नाइट्राभेट/नाइट्राजाम (ट्यावलेट),३ हजार ८ सय ९० नुफिन (एम्पल),४ हजार ३ सय ३ फेनारगन (एम्पल), डाइजेपाम (एम्पल) ४ हजार ३ सय २,कोरेक्स (बोटल) १ सय ९,ट्रामाडोल लगायत ६ हजार ५ सय ७७ थान बरामद भएको भन्दै लागुऔषध दुव्यसनको अवस्था भयावह बन्दै गएको लागुऔषध नियन्त्रण ब्युरोबाट तालिम दिन आएका अधिकारीले जानकारी दिएका हुन ।
तालिम पश्चात लैङ्गिक हिंसा तथा लागु पदार्थ दुव्र्यसन बिरुद्ध जनचेतना अभिबृद्धि गर्न र युवाहरुलाइ सत्मार्ग तर्फ अभिप्रेरित गर्न सहज हुने अपेक्षा समितिको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय