काठमाडौं । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरनाबाट धरानतर्फ जाँदै गरेको कार बुधबार बिहान सशस्त्र प्रहरीले जाँच गर्न खोज्दा भागेको थियो ।
जाँचकै क्रममा भागेको को२प १७३४ नम्बरको कारलाई प्रहरीले दुर्घटनाग्रस्त अवस्थामा फेला पार्यो । उक्त कारबाट १२ वटा पोकामा प्याक गरिएको ४२१ किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
चालक फरार रहेको कारलाई गाँजासहित सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको हो ।

