काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच छलफल भएको छ ।
प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटवार्तामा सत्यनिरुपण आयोगका विषयमा छलफल भएको माओवादी नेता वर्षामान पुनले बताए । पुनका अनुसार टिआरसीका सम्वन्धमा खासगरी पिडित पक्ष र विभिन्न सरोकारवालाहरुले उठाएका विषयमा छलफल भएको हो ।उनले भने, ‘पीडितहरुले आफ्ना सरोेकार विषय कांग्रेस सभापतिसँग पनि भेटेर सुनाएका रहेछन् । उहाँहरुले भोलि प्रमुख प्रतिपक्षी नेता प्रचण्डसँग भेट्न समय लिनुभएको छ । यही सन्दर्भमा आज भेटघाट भएको हो । यो विषय सकारात्मकरुपमा नै अघि बढिरहेको हामीले पायौं ।
कहाँ पुगेको छ भन्ने विषयमा प्रधानमन्त्रीले प्रचण्डलाई जानकारी गराउनुभयो ।’भेटमा प्रधानमन्त्रीका मानव अधिकारसम्बन्धी सल्लाहकार अग्नि खरेल र माओवादी केन्द्रका नेता वर्षमान पुन सहभागी थिए ।

